६ मंसिर, काठमाण्डौ । सरकारले घरायसी र व्यावसायिक प्रयोजनका लागि दुई फरक ग्यास सिलिन्डरको व्यवस्था एकसाताभित्र गर्न नेपाल आयल निगमलाई निर्देशन दिएको छ । सरकारले निगमलाई सरकारी निर्णय अवज्ञा गर्ने व्यवसायीलाई खरिदका लागि आदेश नदिन समेत निर्देशन दिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयका सचिव कृष्णहरि बाँस्कोटाको कार्यकक्षमा वुधवार बसेको वाणिज्य तथा आपूर्ति मन्त्रालय र निगमका पदाधिकारीहरुको बैठकले अविलम्ब दुईथरि सिलिन्डर प्रयोगको निर्णय कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको हो । बाँस्कोटाले ग्यास व्यवसायीलगायत सम्बद्ध निकायसँग समन्वय गरी व्यावसायिक र घरायसी प्रयोजनका लागि लिक्विड पेट्रोलियम ग्यास सिलिन्डरको प्रयोग गर्न कम्तीमा २५ प्रतिशत रित्ता सिलिन्डरलाई निलो रङ लगाउने अनिवार्य व्यवस्थाका लागि निगमलाई निर्देशन दिएको जानकारी दिनुभयो ।
निलो र रातो दुई थरिका सिलिन्डर मंसिर १ गतेवाट प्रयोगमा ल्याउने निर्णय गरेपनि व्यवसायीहरूको असहयोगका कार्यान्वयन हुन नसकेपछि सरकारले निगमलाई यस्तो आदेश दिएको हो ।
Post a Comment