दिनदाहडै आमा छोरी लुटिए
भरत खड्का/ उज्यालो । उदयपुर, कात्तिक २२ – उदयपुर सदरमुकाम गाईघाटबाट दिनदहाडै आमा छोरी लुटिएका छन् । छोराले जापानबाट पठाएको ४४ हजार रुपैयाँ नगद सहित त्रियुगा नगरपालिका १६ राजबासकी ५५ बर्षिय मधुमायाँ कार्की र उहाँकी छोरी मेनुका लुटिएको प्रहरीले जनाएको छ ।
नगर प्रहरी कार्यालय गाईघाटका प्रहरी निरीक्षक नातिबाबु बस्नेतका अनुसार लुटेराले उनीहरुको शरीरमा काउछो दलेर उक्त रकम लुटेर लगेका हुन् । बुधवार दिउँसो राष्ट्रिय बाणिज्य बैँक गाईघाटबाट रकम झिकेर घर जाने क्रममा सदरमुकाम गाईघाटको मुख्यचौकबाट उहाँहरु लुटिनु भएको हो ।
काउछो दलिएर घाईते भएकी मधुमायाँको स्थानीय सुर्योदय हस्पिटलमा उपचार भईरहेको छ । लुटेराको खोजी भईरहेको निरीक्षक
Labels:
National News
Post a Comment