यही हो गीता मारेको घर
सशस्त्रका डिआईजी रञ्जन कोइरालाले श्रीमती गिता ढकालको हत्या गरेको रहस्य त खुलिसकेको छ। तर,उनले कसरी र कहाँ हत्या गरे? अनी कसरी पुर्याए श्रीमतीको शव मकवानपुरको पालुङ। के के गरे डिआईजी रञ्जनले हत्याको रात? घटनास्थलको दृष्य सहित विकास लम्सालको एक्सक्लुसिभ सामाग्रि :
सांढे २ तलाको आधुनिक शैलीको यहि हो त्यो घर, जहाँ सशस्त्र प्रहरीका डिआइजी रञ्जन कोइरालाले श्रीमती गीता ढकालको हत्या गरेका थिए। लथालिङ सुत्ने कोठा र विछ्यौना। प्रहरी अनुसन्धानस्रोत अनुसार यही विछ्यौनामा, यहि सिरानीले गीताको मुख छापेर हत्या गरेका थिए, रञ्जनले।
पुस २७ गते विहान कान्छो छोरा आर्यनलाई लिएर गएका थिए रन्जनले। र, दिउँसो फेरि फर्केर आएर गीताको हत्या गरेका थिए। हत्या गरिएर फर्किएर रञ्जन फेरि राति फर्किएर आए र श्रीमतीको शव गाडिमा हालेर लिएर गए।
भान्छा कोठाको ढोकाबाट रञ्जनले गीताको शव निकालेका थिए। यो लसुनवारीमा गाडि पार्क गरिएको थियो। गीताको शव मकवानपुरको पालुङ पुर्याएका थिए रञ्जनले। अपराध लुकाउन शवमा पेट्रोल खन्याएर आगो लगाएर काठमाडौं फर्किएका थिए रञ्जन।
सोमवार रञ्जनले शव लैजान प्रयोग गरेको बा १ झ ६२१३ नम्बरको टोयटा गाडी प्रहरीले वरामद गरेको छ। सशस्त्र प्रहरीले सुविधाको लागि दिएको गाडी नै रन्जनले श्रीमतीको शव फाल्न प्रयोग गरेका थिए। शव फालिसकेपछि उनले सशस्त्र प्रहरी बलको प्रधान कार्यालय, हल्चोकमा गाडी लगेर राखेका थिए।
रन्जनको पक्राउपछि उनको परिवारको कोहि पनि अहिलेसम्म सम्पर्कमा आएका छैनन्। दुई छोरा आयुष र आर्यन रञ्जनकै परिवारसँग स्वयम्भुमा छन्। माइती पक्षले गीताको शव बुझ्न अस्विकार गरेका छन्। रन्जनकै परिवारले शव बुझ्नुपर्ने माइती पक्षको अडानका कारण गीताको शव शिक्षण अस्पतालमै छ।
(लम्साल एभिन्युज टेलिभिजनका क्राइम रिर्पोटर हुन्)
Labels:
National News

Post a Comment