चायाँको उपचार के हो त ? हेरौ
हामीहरुमध्ये अधिकांश चायाँको समस्याबाट गुज्रीरहेका हुन्छौँ । छालामा आउने स्काल्प र फ्लेकको कारणले चायाँ विकसित हुन्छ । हाम्रो छालाका सेलहरु सधैँ नविकरण भइराख्नु पर्छ । जब छालाका सेलहरु नयाँ बन्छन् पूरानो सेलहरु बाहिरी सतहमा स्काल्पभन्दा बाहिर आउछन् । जो व्यक्तिमा चायाँ हुन्छ यो प्रकृया छिटो छिटो हुन्छ । यसको अर्थ छालामाथि स्काल्पको थुप्रो लाग्छ ।
त्यो नै चायाँको रुपमा विकसित हुन्छ । अत्यधिक चिसो वा तातोमा बस्नाले पनि चायाँ आउन सक्छ । चायाँबाट सताएका मानिसहरु छालामा आउने रातोपन र चिलाउने रोगबाट पनि सताइएका हुन सक्छन् । अधिकांश त तैलिय छाला भएका मानिसहरुमा सुख्खापनको कारणले गर्दा हल्का चायाँ पैदा हुन्छ । चायाँ टाउकोमा, नाकमा, आँखी भौँमा, कान वरिपरि, नाइटो वा गुप्ताङ्कमा आउने गर्दछ ।
घरेलु उपचार : चायाँ रहित छालाको लागि कम्तीमा दिनको २ लिटर पानी पिउने गर्नुस् । साथै सलाद, हरियो सागसब्जी तथा ताजा फलफूल खानाले पनि चायाँ कम गर्न सकिन्छ । कपाल बढ्नको लागि सधैँ सफा काइँयोको प्रयोग गर्नुपर्दछ । निम्न विधिहरु अपनाएर चायाँलाई हटाउन सक्नुहुन्छ । १) ६ चिया चम्चा पानीमा २ चम्चा भेनिगर मिसाई सुत्नु अगाडि स्काल्पमा लगाउनुहोस् र रुमालले टाउको बाँडी सुत्नुस् । बिहान नुहाइसकेपछि भेनेगर मिसाइएको पानीमा फेरि पखाल्नुहोस् । कम्तीमा तीन महिनासम्म हप्ताको एकचोटि यो प्रकृया दोहोर्या उनुहोस् । २) एक् चिया चम्चा कागतीको रसमा २ चिया चम्चा भेनेगर मिसाउनुहोस् र त्यसलाई स्काल्पमा मसाज गर्नुहोस् । त्यसको केही घण्टा पछि अण्डा राखेर नुहाउनुहोस् । ३) एक भाग बदामको तेल, एक भाग सल्फर पाउडर, २ भाग स्पिरितमा ४ भाग शुद्द गरिएको पानी वा गुलाबजल मिसाउनुस् र स्काल्पमा डल्नुहोस् । ४) दुई कप पानिमा ४-५ चिया चम्चा रोजमेरी राखेर १० मिनेट जस्तो उमाल्नुहोस् । उक्त चिसो भइसकेपछि स्काल्पमा दल्नुहोस् र एक् घण्टा जस्तो राख्नुहोस् । ५) बदामको तेलले मसाज गर्नुहोस् र रुमाललाई तातो पानीमा डुबाएर कपालमा बेर्नुहोस् । रुमाल चिसो नभएसम्म ३-४ पटक यो प्रकृया दोहोर्याउनुहोस् । ६) अमला, रिथा, सिकाकाई मिसाएर स्याम्पु बनाउनुहोस् । त्यसलाई दुई लिटर पानीमा राखेर आधा नघटुन्जेलसम्म उमाल्नुस् । यसरी बनाएको स्याम्पुलाई एक महिनासम्म प्रयोग गर्नुस् । यसो गर्नाले कपाल गाढा हुनुको साथै चायाँ पनि हट्छ । ७) मेथिलाई पिसेर रातभरि पानीमा भिजाएर राख्नुस् । उक्त पेस्तलाई स्काल्पमा लगाउनुहोस् र १५-२० मिनेट राख्नुहोस् र नुहाउनुहोस् ।
Labels:
हेल्थ

Post a Comment