बाख्रा चराउन गएकी महिला मृत फेला

प्युठान, २४ कात्तिक । प्युठानको बाङ्गेशालमा बाख्रा चराउन गएकी एक वृद्ध महिलालाई मृत अवस्थामा भेटिएको छ । बिहीबार बाख्रा चराउन गएकी बाङ्गेशाल–६, निवासी बोमिसरा बरालको रहस्यमय मृत्यु भएको हो ।साँझ अबेरसम्म घर नफर्केपछि स्थानीय र प्रहरीले बिहीबार साँझदेखि उनको खोजीकार्य सुरु गरेका थिए । बरालको खोजतलास गर्ने क्रममा बाङ्गेशाल–हंसपुर भित्री सडकखण्डको बाटो छेउमा आज बिहान शव फेला परेको प्रहरीले जनाएको छ ।
उनको मृत्यु रहस्यमय भएकाले चाँडोभन्दा चाँडो घटनाको अनुसन्धान गर्न स्थानीयवासीले प्रहरीलाई दबाब दिएका छन् । घटनाको अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक मित्रबन्धु शर्माको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको छ ।
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger