बजेट रोक्न विपक्षीले राष्ट्रपतिलाई लिखित आग्रह गर्ने
२१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस-एमालेसहितका विपक्षी दलहरुले आफूहरुको सहमति विना नै सरकारले पूर्ण बजेट ल्याउन लागेको भन्दै त्यसलाई रोक्न राष्ट्रपतिलाई लिखित आग्रह गर्ने भएका छन् ।
एमाले मुख्यालय बल्खुमा मंगलबार बसेको कांग्रेस र एमालेको बैठकले सरकार र एकीकृत नेकपा माओवादी सहमतिको कुरा गरेर एकलौटी रुपमा बजेट ल्याउन षड्यन्त्रमा लागेको ठहर गर्दै बजेट स्वीकृत नगर्न राष्ट्रपति डा. रामवरण यादवलाई आग्रह गर्ने निर्णय गरेको हो । ‘सरकार सहमतिको कुरा गर्ने र एकलौटी रुपमा बजेट ल्याउने तयारीमा लागेेको छ । प्रचण्डले सहमतिको कुनै सहल नै गरेका छैनन, खाली अलमल्याउने काम मात्र गरेका छन्’ एमाले नेता रघुजी पन्तले अनलाइनखबरसँग भन्नुभयो-’बजेट आउन दिनु हुँदैन र राष्ट्रपतिसँग आफ्नो कुरा राख्नु पर्ने भन्नेबारे छलफल भएको छ ।’
सरकार र माओवादी सहमतिको पक्षमा नदेदिएकाले सहमतिको सम्भावना क्षित भएको निष्कर्ष निकाल्दै कांग्रेस र एमालेले आन्दोलनमा जोड दिएका छन् । यसबारे थप निर्णय गर्न पर्सी २३ गते बिपक्षी दलहरुको बैठक बोलाइएको नेता पन्तले जानकारी दिनुभयो ।
Labels:
National News

Post a Comment