बर्दियामा ११ किलो चरेससहित ३ महिला पक्राउ

बर्दियामा ११ किलो चरेससहित ३ महिला पक्राउ बर्दिया, कात्तिक २५ - बर्दियाको जमुनी नाकाबाट भारत तर्फ लैजान लागेको झण्डै ११ किलो चरेस सहित ३ जना महिलालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । बुटवलबाट आएर बर्दियाको जमुनी नाका हुँदै भारततर्फ लैजान लागेको १० किलो ८ सय ग्राम चरेससहित ३ जना महिलालाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
दाङ्ग, घोराही १० वस्ने बर्ष ४० की कमला घर्तीबाट ३ किलो ३ सय ग्राम, दाङ्ग, घोराही ११ की गेमा पुनबाट ४ किलो २ सय ग्राम र दाङ्ग, घोराही ११ की करिव १६ वर्षकी माया घर्तीबाट ३ किलो ३ सय ग्राम चरेस सहित पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ । जमुनी २ पचासा गाउँबाट चरेस सहित उनीहरुलाई शसस्त्र प्रहरी निरिक्षक मदननाथको कमाण्डमा रहेको टोलीले शुक्रवार राती उनीहरुलाई पक्राउ गरेको शसस्त्र प्रहरी वल सीमा सुरक्षा कार्यालय बर्दियाले जनाएको छ । फोनको भरमा वुटवलको मुरैया गाविसबाट चरेस गोमा पुनको सहयोगमा नेपालगंज ल्याएको र त्यहाँबाट कमला घर्तीलाई लिएर जान लागेको बयानका क्रममा मायाँ घर्ती मगरले बताएकी प्रहरीले जनाएको छ । मायाले आफू पद्मोदय उच्च मावि भरतपुरमा कक्षा ९ मा अध्ययनरत वताएकी छन् । प्रति व्यक्ति ५ हजार रुपैयाका दरले पैसा पाउने प्रलोभनमा चरेस वोकेको उनले सशस्त्र प्रहरी समक्ष वताएकी छिन्
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger