८४ बर्षको उमेरमा लिङ्ग परिवर्तन गर्ने चाहना !
कार्तिक २५, चीनका एक ८४ बर्षीय व्यक्तिले आफ्नो लिंग परिवर्तन गर्न चाहेको बताएका छन् । सूत्रहरूका अनुसार चीनको गुआङडोङ प्रान्तमा पेसाले क्यालीग्राफर क्वि आन जिनफानले ४ बर्ष अघिनै यो आफ्नो इच्छा व्यक्त गरेका थिए ।
यस अघि यी जिनफानले महिलाहरूको पोशाक लगाउन शुरू गरका थिए । उनले आफ्ना स्तनहरू बढाउनका लागी हर्मोन पनि लिइरहेका थिए । उनले आफ्नो नाम समेत परिवर्तन गरि यिलिङ राखेका थिए । यिलिङ महिलाको नाम हो ।क्वि आनले बताए अनुसार आफु तीन बर्षको उमेर देखिनै महिला बन्न चाहन्थे । तर उनले ८० बर्षको उमेर सम्म यो रहस्य लुकाएर राखेका थिए ।
उनले भने, १४ वर्षको उमेर सम्म आइपुग्दा मलाइ केटीहरूको जस्तै राम्रो लाग्न थालेको थियो तर यो म एक्लै बसेर गर्ने गर्दथें ।अहिले जब उनले यो इच्छा सबैका अगाडी बताए पछि उनले सोचे भन्दा धेरै मानिसहरूले उनलाइ सम्मान गरे अहिले उनी महिलाको जस्तै जिवन बाँचिरहेका छन र महिला शौचालयकै प्रयोग पनि गर्दछन् । उनको यो व्यवहारलाइ उनकी श्रीमतीले समेत नराम्रो मानेकि छैनन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस
Labels:
बिचित्र संसार

Post a Comment