भारतीय विदेश मन्त्रीमा खुर्सिद नियुक्त
नयाँ दिल्ली, कार्तिक १२ - भारतीय विदेश मन्त्रीमा सलमान खुर्सिद नियुक्ति भएका छन् । प्रधानमन्त्री मनमोहन सिंहको मन्त्रिमण्डल आइतबार पुनर्गठन गरेका हुन् । भारतीय विदेशमन्त्री एसएम कृष्णाले गत शुक्रबार राजिनामा दिएका थिए ।
एफपीका अनुसार सोही पदमा ५८ वर्षीय सलमान खुर्सिद नियुक्त भएका हुन् । एसएम कृष्णा अम्बिका सोनी र मुकुल लगायतका आधा दर्जन मन्त्रीहरूले केही दिनयता राजिनामा दिई सकेका छन् ।
आइतबारै सात नयाँ अनुहार मन्त्री परिषदमा सामेल गरिने जनाइएको छ । यस मन्त्रिमण्डल सन् २०१४ सम्म रहने पनि समाचारमा जनाइएको छ ।
प्रधानमन्त्री सिंहले सन् २०१४ मा हुने निर्वाचनसम्म यही मन्त्रिमण्डलले सफलतापूर्वक कार्य सञ्चालन गर्ने छ भन्ने अनुमान गरेको बताएका छन् ।
आफ्नो कार्यकालमा यही नै अन्तिम पुनर्गठन हुनुपर्छ भन्ने अनुमान गरिएको पनि प्रधानमन्त्री सिंहले बताएका । यद्यपि उक्त मन्त्रिमण्डलमा गान्धी परिवारका सदस्य राहुल गान्धी भने परेका छैनन् । ४२ वर्षीय राहुलले लामो समयदेखि काँग्रेस पार्टीको महासचिव पदको भूमिका निर्वाह गरिरहेका छन् ।
विदेशमन्त्रीमा नियुक्ति पाएका खुर्सिदले आफ्नो लागि यो ठूलो अवसर र चुनौती भएको बताए । विदेशमन्त्रीको पद सम्हाल्नु भनेको विश्वकै शान्ति सम्वृद्धिकै चुनौतीका रुपमा रहेको पनि उनको भनाइ रहेको थियो ।
Labels:
National News

Post a Comment