हात्तिको ”गु” बाट बनेको कफी प्रति किलो को ९६ हजार रुपैयाँ
हरकोही मानिस कफीको सौखिन हुन सक्छन् तर यो कफी भने धेरै थोरैलाई मात्रै रुचीपूर्ण होला ! विभिन्न नाम र बास्नादार कफी त हामी सबैले देखेकै हो तर यो कफी भने निकै फरक छ । यो कफीलाई हात्तीको गोबरबाट बनाइन्छ । यो सत्य हो । थाईल्याण्डको एक हात्ती पाल्ने पार्कमा कफीको साथमा यो प्रयोग गरिदै आएको छ ।
पार्कमा हात्तीलाई पहिला कफीको बीज खुवाईन्छ, जब हात्तीले गोबर निकाल्छ तब गोबरबाट कफीको बीज निकालिन्छ । त्यसपछि त्यसलाई सफा गरेर कफीलाई अन्तिम रुप दिइन्छ। उक्त फार्ममा यस्तो विचित्र किसिमको कफी भने थोरै मात्रामा मात्रै बनाईंदै आएको जनाइएको छ । त्यस्तो कफी जहीँ–तहीँ पाईंदैनभने उक्त किसिमको कफीको मूल्य प्रतिकेजी लगभग ९६ हजार रुपैयाँ भएको पनि बताइएको छ ।
Labels:
Latest Updates

Post a Comment