युवक द्वारा आफ्नै घाँटी रेटेर आत्महत्याको प्रयास

युवक द्वारा आफ्नै घाँटी रेटेर आत्महत्याको प्रयास लमजुङ, कात्तिक १४ । लमजुङको तार्कुघाट गा.वि.स वडा नंम्बर १ माझीगाउँका एक युवकले आफ्नै घाँटी रेटेर आत्महत्याको प्रयास गरेका छन् । माझीगाउँका ३५ वर्षिय बुद्धिबहादुर माझीले मंगलबार दिउसो खुकुरीले आफ्नै घाँटी रेटेर आत्माहत्याको प्रयास गरेका हुन् । घाँटीमा खुकुरी रेट्दै गरेको देखेपछि आफन्त र छिमेकीले उनलाई सिउँडीबारको कर्मदा अस्पतालमा लगिका थिए । कर्मदा अस्पतालमा समान्य उपचारपछि थप उपचारका लागि भरतपुर लगिएको प्रहरीले जनाएको छ । माझीले घाँटीमा खुकुरी हानेर आत्माहत्याको प्रयास गर्नुका कारण नखुलेपनिपारिवारिक समस्याका कारण आत्माहत्या गर्न खोजेको हुनसक्ने पारिवारिक श्रोतले जनाएको छ ।
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger