बालिका बलात्कार गर्ने भारतीय युवक रङ्गेहात पक्राउ

गोलबजार (सिरहा), कार्तिक १२ - सिरहाको सीमावर्ती गाविस इटाटार–९ कमलपुरस्थित खेतमा आइतवार बिहान बालिकालाई बलात्कार गर्ने एक भारतीय युवकलाई सशस्त्र प्रहरीले रङ्गेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहारका महौलिया ग्रामपञ्चायत–५ बस्ने १९ वर्षीय रामपुजन मण्डल छन् । भारत बिहारका महौलिया ग्रामपञ्चायतकै साह थर भएकी ११ वर्षीया बालिकालाई बलात्कार गरिरहेको अवस्थामा मण्डल रङ्गेहात पक्राउ परेको हो । इटाटारका सशस्त्र प्रहरी निरीक्षक बुढाथोकीले बलात्कार गरिरहेको अवस्थामा मण्डललाई पक्राउ गरी आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाएको बताउनुभयो । उनले भने, “बालिकालाई नियन्त्रणमा लिएर दुई युवकले सामूहिक बलात्कार गरिरहेका थिए । लखेटेर समात्न खोज्दा एकजना भागे पनि मण्डल पक्राउ पर्यो ।” बलात्कृत बालिकालाई पनि प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ । सिरहाको इटाटार गाविसको कमलपुरस्थित मिलमा गहुँ पिसानी गरेर घर फर्किने क्रममा बालिकालाई मण्डल र फरार भएका अन्य एक व्यक्तिले बलात्कार गरेको प्रहरीको भनाइ छ । घटनास्थल सिरहाको इटाटार र भारतको महौलियाबीचमा पर्छ । भारतको महौलियामा कुटानी पिसानी गर्ने मिल नभएकाले त्यहाँका नागरिक इटाटार आउने गर्दछन् ।
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger