संविधान बनाउने बाटोमा लाग्न राष्ट्रपतिको आग्रह

काठमाडौं, कार्तिक १२ - राष्ट्रपति डा रामवरण यादवले विपक्षी दलका शीर्ष नेताहरूसँगको अलगअलग भेटमा विद्यमान राजनीतिक गतिरोध चाँडो अन्त्य गरी २०६२/०६३ सालको आन्दोलनको उपलब्धिको रक्षाका लागि छिटो नयाँ संविधान बनाउने बाटोमा लाग्न आग्रह गरेका छन् । शीतलनिवासमा आइतबार काँग्रेसका सभापति सुशील कोइराला र एमालेका अध्यक्ष झलनाथ खनालसँगको भेटवार्तामा राष्ट्रपतिले सो आग्रह गरेका हुन् । दुवै भेटमा राष्ट्रपति डा यादवले संवैधानिक निकायमा पदरिक्तता, बजेटको अन्योललगायत देशको हरेक क्षेत्रमा सङ्कट आउन लागेको परिस्थितिप्रति आफू चिन्तित भएको जनाए । राष्ट्रिय सहमतिका लागि आफूले यसअघि पनि पटकपटक सामूहिक र व्यक्तिगतरूपमा आग्रह गरेको उनले स्मरण गराए । भेटपछि पत्रकारहरूसँग कुरा गर्दै काँग्रेसका सभापति कोइरालाले सहमति गर्ने भनेर नेताहरूबाट आश्वासन मात्रै आउने गरेको तर हालसम्म सहमति नभएकामा राष्ट्रपति चिन्तित रहेको बताए । कोइरालाले आफूले विघटित संविधानसभाको पुनःस्थापनाको पक्षमा काँग्रेस नरहेको र नयाँ निर्वाचनका लागि लाग्नुपर्नेमा जोड दिइएको बताए । यसैगरी, एमालेका अध्यक्ष खनालले सहमतिमा जानका लागि वर्तमान सरकार हट्नुपर्ने, राष्ट्रिय सहमतिका लागि एक वा दुई दलको गठबन्धन मात्रै प्रयुक्त नहुने धारणा राखेका थिए । उनले राष्ट्रिय सहमतिबाट बन्ने सरकारले नयाँ निर्वाचन गराउनुपर्ने पक्षमा एमाले रहेको जनाउँदै एमाओवादी मुलुकको अग्रगतिका लागि इमान्दार भई मार्गप्रशस्त नगरी द्वन्द्वमै जान चाहेको हो भने आफूहरूले पर्वहरू सकिएपछि आन्दोलन गर्ने चेतावनी पनि दिए । –रासस
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger