११ पढ्ने किशोरीको अपहरण गरेर दुई दिनसम्म बलात्कार
११ पढ्ने किशोरीको अपहरण गरेर दुई दिनसम्म बलात्कार
भारत
को जलपाइगढीमा बस्ने ती किशोरीलाई विद्यालयबाट घर फर्कँदै गर्दा बाइकमा आएका दुई युवाले अपहरण गरेका थिए ।
ती दुई युवाले आफूलाई घर फर्कँदै गर्दा जबरजस्ती बाइकमा हालेर लगेको पिडित युवतीलेबताइन् । उनीहरुले आफूलाई अन्जान ठाँउमा लगेर दुईदिनसम्म बलात्कार गरेको उनले प्रहरी समक्ष बयान दिएकी छिन् ।
बलात्कारपछी ती दुई युवाले किशोरीलाई चोच बेहार अस्पतालको अगाडी छाडिदिएका थिए ।
पिडित किशोरीलाई अस्पताल अगाडि विक्षिप्त अवस्थामा देखेपछी त्यहाँ वरपरका मानिसले अस्पताल लगेका थिए । यता परिवारले ती दुई युवाविरूद्ध मुद्दा दर्ता गराएका छन् भने स्थानीयहरुले ती युवाहरुलाई कारबाही गरिनुपर्ने माग राख्दै प्रहरी कार्यालय अगाडि प्रदर्शन समेत गरेका छन् तर प्रहरीलेयसबारे अनुसन्धान थालिसकेपनि केही थाहा भनेपाउन नसकेको बताएको छ ।
Labels:
National News

Post a Comment