बारका अध्यक्ष जिस्किँदा !
काठमाडौं, कार्तिक १७ - नेपाल बारका अध्यक्ष प्रेमबहादुर खड्काले पुनरावेदन अदालतमा न्यायाधीशका लागि आफूले आवेदन नदिएको जनाएका छन् । अदालतमा पहिलो पटक खुला प्रतिस्पर्धाबाट पदपूर्ति हुन लागेकाबारे कान्तिपुरमा प्रकाशित समाचारमा खड्काले आफ्नो पनि आवेदन दिएको बताएका थिए ।
'मैले दर्ता नम्बरचाहिँ भुलेँ,' तपाईंले पनि आवेदन दिनुभएको हो ? भन्ने कान्तिपुरको प्रश्नमा बुधबार साँझ अध्यक्ष खड्काले भनेका थिए, 'मेरो स्मृति अलिक कमजोर हुँदै गएको छ ।'
बिहीबार प्रकाशित समाचारमा भने खड्काले आफूले आवेदन नदिएको भन्दै बुधबार भनेको कुरो 'ठट्टा गरेको' बताए । 'म कहाँ पुनरावेदनको न्यायाधीश खान जाने मानिस हुँ ?' उनले भने, 'दर्ता नम्बर भुलेँ भनेर मैले त ठट्टा पो गरेको ।'
Labels:
National News
Post a Comment