ओली बिरामी, नर्भिक अस्पतालमा भर्ना

काठमाडौं, कार्तिक १७ - अस्वस्थ्य भएपछि एमाले नेता केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । नर्भिक अस्पताल भर्ना भएका ओलीको छातीमा इन्फेक्सन भएको बताइएको छ । उनलाई सीसीयुमा राखेर अक्सिजन दिइएको अस्पताल स्रोतले जनाएको छ । अमेरिकामा स्वास्थ्य उपचार गरेर ओली यसैसाता स्वदेश फर्केका थिए । उनलाई भेट्न एमाले अध्यक्ष झलनाथ खनाल, उपाध्यक्षद्वय बामदेव गौतम, विद्या भण्डारी, नेता भीम रावल, मुख्यसचिव लीलामणि पौड्याललगायत नर्भिक अस्पताल पुगेका छन् । डा. रमेश चोखानी नेतृत्वको टोलीले ओलीको स्वास्थ्य निगरानी गरिरहेको छ ।
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger