जनआन्दोलन स्वर्ण पदक डा. श्रेष्ठलाई
जनआन्दोलन स्वर्ण पदक डा. श्रेष्ठलाई
काठमाडौ, कात्तिक २५ – राष्ट्रपति डा. रामवरण यादवले नागरिक आन्दोलनका अगुवा एवम् मानवअधिकारकर्मी डा. मथुराप्रसाद श्रेष्ठलाई जनआन्दोलन स्वर्ण पदकबाट सम्मान गर्नुभएको छ ।
गणेशमान सिंहको ९७ औँ जन्मजयन्ती एवम् सहिदहरूको स्मरणमा गणेशमान सिंह तथा जनआन्दोलन सहिद स्मृति शान्ति प्रतिष्ठानले यो पुरस्कार स्थापना गरिएको हो ।
डाक्टर श्रेष्ठले २००७ सालको क्रान्तिदेखि २०६२–६३ सालको लोकतन्त्र स्थापनाका लागि भएको आन्दोलनसम्म उल्लेखनीय योगदान पुर्याउनु भएबापत उहाँलाई सो सम्मान प्रदान गरिएको हो । डा. श्रेष्ठ २०४६ को जनआन्दोलनपछि गठित अन्तरिम सरकारमा स्वास्थ्यमन्त्री हुनुहुन्थ्यो ।
त्यस अवसरमा राष्ट्रपति डा यादवले शान्ति वाटिकामा रहेको गणेशमान सिंहको सालिकमा माल्यार्पण गर्नुका साथै सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो ।
Labels:
National News

Post a Comment