मैनालीसंग जापान सरकारले माफी माग्यो

मैनालीसंग जापान सरकारले माफी माग्यो कात्तिक २५ – जापानी महिलाको हत्या अभियोगमा १५ वर्ष जेल सजायँ काटेका नेपालका गोविन्द मैनालीसंग जापान सरकारले सार्वजनिक रुपमा माफी मागेको छ ।
जापानका कानून मन्त्री माकोतो ताकीले पत्रकार सम्मेलन गरी गलत अभियोगमा मैनालीले लामो समय जेलमा बस्नुपरेको भन्दै माफी माग्नुभएको जापानको समाचार संस्था क्योदो न्यूजले जनाएको छ । मन्त्री ताकीले भन्नुभयो ‘१५ वर्ष लामो अवधि जेलमा बिताउनुपरेकोमा म मैनालीसंगह्रदयदेखी माफी माग्छु ।’ जापानी महिलाको हत्याको आरोपमा जेल सजायँ सुनाईएका मैनालीलाई केही दिन अघि टोक्यो उच्च अदालतले निर्दोष रहेको फैसला सुनाएको थियो ।
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger