हेलिकप्टर दुर्घटनमा १७ सैनिकको मृ्त्यु
२५ कार्तिक,अङकारा। टर्कीका मिडियाहरुले टर्कीको दक्षिण पुर्वी क्षेत्रमा एक सैनिक हेलिकप्टर दुर्घटना हुँदा १७ जना सैनिकको हत्या भएको जनाएका छन्।
सिर्ट प्रान्तको पेरभरि जिल्लामा आज विहानै हेलिकप्टर खसेको बताएको छ। सरकार नियन्त्रीत टेलिभिजनहरुले आकाशमा लागेको हुस्सुको कारण दुर्घटना भएको जनाएका छन् । दुर्घटना भएको क्षेत्रमा कुर्दिश विद्रोहीहरु सक्रिय छन् ।
Labels:
National News

Post a Comment