सफल कप : फाइनलमा मनाङ र मछिन्द्र भिड्दै

सफल कप : फाइनलमा मनाङ र मछिन्द्र भिड्दै पोखरा, कात्तिक २५ – सफल पोखरा कप अन्तर्राष्ट्रिय फूटबल प्रतियोगिताको उपाधिका लागि शनिबार मनाङ मर्स्याङ्दी र मच्छिन्द्र क्लब प्रतिस्पर्धा गर्दैछन् ।
एक महिनाअघि काठमाडौमा एनसेल कपको उपाधि जितेको मनाङ शनिबारको खेल पनि जितेर दोश्रो उपाधि उचाल्ने दाउमा छ भनेमच्छिन्द्र मनाङलाई कडा टक्कर दिने योजनामा छ । मच्छिन्द्र हिमालयन शेर्पा क्लवलाई ३–१र मनाङ मर्स्याङ्दी न्युरोड टिम एनआरटीलाई १–० ले पराजित गर्दै फाईनलमा प्रवेश गरेका हुन् । सफल पोखरा कपमा गएको वर्ष नेपाल आर्मीलाई हराउँदै बङ्गलादेशको धनमुण्डी क्लवले उपाधि हातपारेको थियो । प्रतियोगिताको उपाधि विजेताले नगद ३ लाख ५ हजार र उप–विजेताले १ लाख ५० हजार रुपैयाँ पुरस्कार पाउनेछ ।
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger