मेरो क्यारेक्टरले अहिलेको जेनेरेशनलाई प्रिजेन्ट गर्छः नायिका नम्रता

नम्रता श्रेष्ठ नेपाली सिने क्षेत्रमा कहिले व्यक्तिगत कारण त कहिले चलचित्रले चर्चामै हुनुहुन्छ । अध्ययन गरेकी र अभिनय क्षमता भएकी नायिकाका रुपमा नम्रतालाई लिने गरिन्छ । केही समय नेपाली चलचित्रमा नदेखिएकी नम्रता अहिले सुटिङमा व्यस्त हुनुहुन्छ । प्रस्तुत छ उज्यालो अनलाइनका लागि नायिका नम्रतासँग सूर्यकुमार क्षेत्रीले गरेको कुराकानीः नम्रता जी, हिजोआज केमा व्यस्त हुनुहुन्छ ? – अहिले भर्खरै एउटा मुभी सिध्याएँ । अब बैशाख जेठतिर अर्को गर्दैछु । सिने क्षेत्रलाई कसरी हेर्नु भएको छ ? –धेरै राम्रो, ट्यालेन्टेड मान्छे आइरहेका छन् फिल्म क्षेत्रमा । डेफेनेट्ली अब नेपाली चलचित्र क्षेत्रमा उहाँहरुको योगदान रहनेछ । आइएम पोजिटिभ एबाउट इट । नेपाली सिनेमामा के सुधार गर्दा राम्रो होला जस्तो लाग्छ तपाईलाई ? –अहिले त बिस्तारै चेञ्ज भैराछ । सबैले फिल्मको महत्व बुझ्नु भाको छ । त्यही हो सबै जना मिलेर काम गरिरहेका छौं । केही राम्रो गर्न मिहिनेत पनि जरुरी छ । फिल्म पनि बिजनेश नै हो । फिल्म चले फेरी बनाउने नचले नबनाउने भन्ने हुँदैन । तर विषय वस्तु त पुरानै छन् नि ? –हालको कुरा गर्ने हो भने त निक्कै राम्रा सिनेमा बनेका छन् । नेपाली फिल्म पुरानै पाराले अघि बढेको छ भन्ने मलाई लाग्दैन् । अहिले पनि दुई तीन वटा फिल्म रिलिजको तयारीमा छन । गाना, फाइटलाई प्राथमिकता नदिइकन रियालिष्टक फिल्म धेरै बनेका छन नेपालमा पनि । तपाइँले भने जस्तै यसलाई नै पिन पोइन्ट गर्न मिल्दैन । तपाईले पछिल्लो समयमा अभिनय गरेको मिस यू चलचित्रको कथा र त्यसमा तपाइँको भूमिका चाहिं कस्तो छ नि ? –अँ, मेरो भूमिका त एउटा इन्डिपेन्डेन्ट नेपाली नारीको छ । जो देश बाहिर बसेर देश चिनाउने प्रयासमा हुन्छ । र, अहिलेको जेनेरेशनलाई प्रिजेन्ट गर्छ मेरो त्यो क्यारेक्टरले । यो रोल गर्दा मलाई रमाइलो पनि भयो । आशा छ दर्शकले मन पराई दिनुहुनेछ । के अपेक्षा गर्न सकिन्छ यो फिल्मबाट ? – अब फिल्म बनाउँदा त कस्ले नचलोस भनेर बनाउछ र ? जहाँ सम्म राम्रो चल्छ । लेट्स सी । त्यसो भए भगवान भरोसा ? – भगवान भन्दा पनि एउटा डिभाईन पावर छ भन्ने लाग्छ । भगवान पनि हामीले नै नाम दिएको हो नि । जे होस् डिभाईन पावर छ । त्यसो भए रिल र रियल लाइफमा के फरक पाउनुभयो त ? – रिल लाइफमा डाइरेक्टरले जे भन्यो त्यही गर्नुपर्छ रियल लाइफमा तपाईलाई जे मन लाग्यो त्यही गर्न पाउनुहुन्छ । रियल लाइफको भोगाइ नै रिल लाइफमा उतार्ने हो भन्ने लाग्छ मलाई ।
रुपरङ भएकाले मात्र काम गर्ने क्षेत्र हो भनिन्छ नि सिने क्षेत्रलाई ? –मलाई थाहा छैन । एक्टर भनेको त फिल्ममा देखि हाल्छ नि । राम्री मात्रै भएर काम लाग्दैन । एक्टर भएर एक्टिङ्ग नै भएन भने त मतलव नै भएन नि । तपाईलाई मन पर्ने हिरो अनि हिरोइन को–को हुन ? – सौगात मल्ल, अनि पुरानो एक्टरमा शिव श्रेष्ठ । हिरोइनमा तृप्ति नाड्कर ।
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger