बाबु बोगटीसँग लभ परेको हल्लामात्र होः नन्दिता के.सी

काठमाडौं – २८ वटा चलचित्र र ३० वटा भन्दा बढी म्युजिक भिडियोमा अभिनय गरिसकेकी नायिका नन्दिता केसी ९ वर्ष अघि अर्घाखाँचीबाट उच्च शिक्षाका लागि काठमाडौं आएकी थिइन् । अभिनयप्रतिको रुचि र लगाव तथा अध्ययनमा समय दिन नसक्दा नन्दिताले आफ्नो पढाईलाई भने प्लस टु सम्ममात्र सिमित गरिन् । म्युजिक भिडियो ‘सान्नानी‘ तथा चलचित्र ‘इन्द्रेणी’ बाट अभिनयमा डेब्यु गरेकी नन्दिता अहिलेकी निकै ब्यस्त नायिका हुन् । उनी आफुलाई ‘सिम्पल’ र ‘भर्खर सिक्दै गरेकी नायिका’को रुपमा चिनाउँछिन् । सधैँजसो एकै किसिमको भुमिकामा देखिने नन्दिता रिलिज हुने क्रममा रहेको ‘मालतीको भट्टी’ मा भने पृथक भुमिकामा देखिँदैछिन् । नायिका नन्दिता केसीसँग गरिएको कुराकानीः आजभोलि के गर्दै हुनुहुन्छ ? मैले अभिनय गरेको चलचित्र ‘मालतीको भट्टी’ यही असार २९ गतेबाट रिलिज हुँदै छ । त्यसैको प्रोमोसनमा ब्यस्त छु । परिवारमा को को हुनुहुन्छ ? बाबा, आमा, दादा, भाउजु, बहिनी । दुई दिदीको विवाह भईसक्यो । आमा बुवा के गर्नुहुन्छ ? आमा विशुद्घ गृहिणी हुनुहुन्छ । बाबा चाहीँ स्कुलमा प्रिन्सिपल हुनुहुन्थ्यो । अहिले रिटायर्ड भईसक्नु भयो । अभिनयमा पढाईको महत्व के छ ? पढाईको महत्व त पक्कै पनि छ । तर डिग्री लिएरमात्र फिल्ममा आउनुपर्छ भन्ने छैन । बरु फिल्ममा चाहिने विभिन्न योग्यताहरु बोकेर आउँदा सफलता हात लाग्छ । फिल्ममा कस्तो भुमिका गर्न पाए हुन्थ्यो जस्तो लाग्छ ? सिनेमाको कथा पुर्ण रुपमा लेडि (महिला) ले बोकेको सिनेमा गर्ने रहर छ । कथाको हिरो नै लेडि होस, त्यस्तो सिनेमा गर्न मन लागेको छ । ब्यायफ्रेन्ड छ कि छैन ? हा हा हा.... (लामो हाँसो) । ब्याईफ्रेन्ड त धेरै हुनुहुन्छ नि । तर त्यस्तो तपाईँले सोधे जस्तो स्पेशल कोही छैन । प्रेम प्रस्ताब कत्तिको आउछ ? हेर्नुस्, म केटी मान्छे । त्यो पनि सिनेमा मेरो क्षेत्र । विवाह गर्ने बेला भैसक्यो । प्रेम प्रस्ताव नआउने त कुरै भएन नी । बाबु बोगटी र नन्दिता प्रेममा छन् भनेर हल्ला छ । हो ? हा हा.... (लामो हाँसो) । मैले पनि विभिन्न ठाउँमा सुन्छु यो कुरा । अचम्म पनि लाग्छ । अझ कतिपय कार्यक्रममा बाहिर जाँदा बाबु बोगटी र तपाईले विवाह गर्नु भएको हो ? भनेर धेरैले सोध्नु हुन्छ । उहाँहरुलाई हाम्रो जोडी राम्रो लागेर त्यसो भन्नु भएको हुन सक्छ । मलाई लाग्छ, त्यो उहाँहरुले हामीलाई गर्नु भएको माया हो । दर्शकहरुलाई राम्रो लागे उहाँहरुले आफै विवाह गराईदिनु हुन्छ मौखिक रुपमा । त्यसलाई म ठुलो रुपमा लिन्न । कलाकार भई सके पछि यस्ता हल्लाहरुको ह्यान्डलिङ गर्न पनि सिक्नु पर्छ । बाबु बोगटी मेरो साथी हो ब्वायफ्रेन्ड होइन । विवाह कहिले गर्नु हुन्छ ? विवाह जस्तो कुरा, यो टाईममा गर्छु यो टाईममा गर्दिन भन्ने कुरा हो र ? भनिन्छ जन्म, मृत्यु र विवाह माथिबाट नै लेखेर आएको हुन्छ रे । हेरौँ, कहिले हुन्छ । दुईवर्ष भित्र गर्छु कि (लामो हासो) । कस्तो लाइफ पार्टनरको कल्पना गर्नुभएको छ ? मेरो लाईफ पार्टनर मलाई बुझ्ने होस्, र मैले पनि उसलाई बुझ्न सकू । माया गरोस्, केयर गरोस् । लेडिजलाई रेस्पेक्ट गर्ने विचारको होस् । सम्पत्तिवाला केटा होइन, मनको धनी केटा मेरो लाईफपार्टनर बन्न सक्छ । प्रस्तुतिः अर्जुनकुमार संग्रौला/ उज्यालो
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger