आतंकवादीसँग बिहे गरेर हायातमा हनिमुन

सिन्धुपाल्चोकको गरिब परिवारका सरिता गिरी एक आतंकवादीसँग बिहे गरेर रातारात करोडपति बनिन् । उनले आफ्नो हनिमुन समेत लाखौं खर्च गरेर राजधानीको हायात होटलमा मनाइन् । तर उनको त्यो खुशी लामो समय टिक्न सकेन अहिले उनी नेपालमा प्रहरी फन्दामा छिन् श्रीमान् भारतमा । नवराज मैनाली\काठमाडौं-सुन्दरता पनि गजबको वस्तु रहेछ । त्यहीकारण होला धेरैले यसलाई आ-आफ्नै तरिकाले व्याब्या गरेका छन् । त्यही सुन्दरताले सिन्धुपाल्चोककी सरिता गिरी खत्रीकोज जीवनमा पनि नसोचेको परिवर्तन आयो । जीवीकोपार्जको लागि ठमेलको एउटा सामान्य होटलमा काम गर्ने युवती सरिताको जीवनमा एकजना व्यक्तिको प्रबेशसँगै उनी रातारात करोडपति बनिन् ।
उनको सुन्दरताबाटै मोहित भएको प्रेमी निर्मल राई सुरुमा उनको होटलको ग्राहक थियो । तर होटलको कर्मचारी र ग्रँहकको सम्बन्ध टुंगिदै गयो र उनीहरु यसरी नजिकिएर की एक बिना अर्काै बाँच्न नसक्ने अवस्था आयो । र उनीहरुबीच बिहेको समेत तयारी भयो । सामान्य परिवारकी एउटी जवान युवतीलाई एउटा धनाढ्य प्रेमीले बिहेको प्रस्ताव राख्न भन्छ अवश्य पनि त्यहाँ कुनै अस्वीकारको भाव हुदैन । युवतीले परिवारसँग कुरा राखिन् र चार वर्षअघि गुहेश्वरी मन्दिरमा राईसँग बिहे गरेलगत्तै सरिताले जीवनमा कहिल्यै नसोचेको आलिसना भोग्ने अवसर पाइन् । सरिता सुन्दर दिई निर्मल धनी थिए र आकर्षक थिए । जब सुन्दरता र सम्पतीको मिलन भयो त्यसपछि उनीहरु पनि एक भए । श्रीमान् निर्मल राईले उनको लागि जोरपाटीमा तीन करोडको आलिसान बंगला खरिद गर् यो । नयाँ नयाँ गाडिमा राखेर उनलाई घुमाउथ्यो । पैसाको उनलाई कुनै समस्या थिएन । ठमेलको होटलमा ५÷७ हजारको जागिर खाने ती युवती यसरी रातारात करोडपतीकी श्रीमती भन्न पुगिन् । गाउमा सरिताका बुबा भारी बोक्दथे र अझै पनि त्यही काममा छन् । उनका दाई विद्यालयमा पियनको काम गर्छन् । तर उनी भने त्यसरी रातारात करोडपती बनेको देखेर उनको आफन्तहरु समेत आश्चर्यचकित बने । यो आश्चर्य चार वर्ष सम्म मात्र कायमै रह्यो । तर जब सरिताको एभरेष्ट बैंकमा रहेको उनको खातामा िसंगापुरबाट दुई लाख डलर आयो त्यसपछि भने आश्चर्य छताछुल्ल भयो । सरिता बिहे गर्ने धरानका निर्मल राई भारतीय प्रहरीले मोष्ट वान्डेड सूचिमा रहेका भारतमा सशस्त्र गतिविधि गर्दै आएका निराजन होजाई भन्ने खुल्यो । नेपालमा बसेर आफुलाई फरक परिचयमा लुकाउन र त्यही परिचयका आधारमा आफ्ना गोप्य धन्दा जारी राख्न उनले त्यसरी सरितालाई बिहे गरेर करोडपति बनाएका थिए । जोरपाटीमा तिन वटा महल महलभित्रको भव्य सजावट चार वटा गाडि प्रशस्त जग्गाले उनी सम्पन्न भएकी दिइन् । यसरी रातारात करोडपति बनेकी सरिताको खुशी पनि चार वर्षभन्दा टिक्न सकेन । हाल उनी पनि प्रहरी हिरासतमा छिन् । एक वर्षको छोरोलाई काखमा बोकेर उनी आफ्नो विगत सम्झैदैछिन् । सरिताको प्रगती देखेर उनका आफन्तमात्र होइन प्रहरी समेत अहिले अनुसन्धानको क्रममा आश्चर्यचकित भएको छ । किनकी होजाईले सरितासँग राजधानीको पाँचतारे होटलमा हनिमुन मनाएको अनुसन्धानमा देखिएको छ । प्रहरीका अनुसार बौद्धको हायात होटलमा लाखौं खर्च गरेर उनीहरुले हनिमुन मनाएका थिए । को हुन् होजाई भारतमा जातिय राज्य माग्दै सशस्त्र गतिविधि गर्दै आएका व्यक्ति हुन् निराजन होजाई । उनलाई नेपाल प्रहरीले बिदेशबाट फर्कदै गर्दा गत असारमा भारतीय सुपुदर्गी गरेको थियो । हाल उनी भारतकै जेलमा छन् । होजाईकी श्रीमती संगिताको नाममा िसंगापुरबाट २ लाख अमेरीकी डलर आएको देखिएपछि प्रहरीले सम्पती शुद्धिकरण अन्र्तगत कारबाहीका लागि राईलाई डेढ महिनाअघि पक्राउ गरेको थियो । उनलाई पक्राउ गरी अनुसन्धान गर्दाप्रहरीले थपसहयोगीलाई समेत पक्राउ गरिसकेको छ । होजाई भारतको आसाम र छत्तिसगढमा छुट्टै राज्यको माग गर्दै सशस्त्र गतिविधि गर्दै आएको ब्लाकविडो भनिने डिमा हावोलाम डाओगा डिएचडि जिवेल समूहका कमाण्डर हुन् । भारतीय प्रहरीहरुसँगको सहकार्यमा होजाईको बारेमा अनुसन्धान गर्दै आएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआईबी का अधिकारीका अनुसार नेपाल आएपछि आफुलाई सुरक्षित बनाउन उनले जिल्ला प्रशासन कार्यालय सुनसरीबाट निर्मल राईको नाममा नेपाली नागरिकता लिएका थिए । त्यही नागरिकताको आधारमा पासपोर्ट लिएर परिचय बदली भूमिगत गतिविधिमा सकि्रय भएका थिए । नेपाललाई आधारभुमि बनाएर त्यसरी उनले पाँच वर्ष भूमिगत भएकोमा भारतीय अधिकारीहरुको सूचनाको आधारमा उनलाई िसंगापुरबाट नेपाल आउदै गर्दा गत असारमा नेपाल प्रहरीले पक्राउ गरी गोप्य रुपमा भारतीय प्रहरीलाई सुम्पेको थियो । सुरुमा उनी धरानमा बस्थे भने पछि काठमाडौंमा आई ठमेल क्षेत्रमा बस्न थालेपछि उनको सरितासँग चिनजान भएको थियो । सिआईबीका अधिकारीका अनुसार नागरिकता दिलाउनेदेखी नै उनलाई नेपालको एउटा समूहले सहयोग गरेको देखिएको छ । जसमा एकजना सरकारी कर्मचारीसहित तीन जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । होजाईका एक बिशेष सहयोगी बिष्ट थरका व्यक्ति भने फरार छन् । पक्राउ परेकी सरिताले पनि प्रहरीसँग पनि निकै चलाखीपूर्वक आफुलाई केही थाहा नभएको बयान दिएकी छिन् । उनलाई अनुसन्धानका लागि सक्पती शुद्धिकरण ऐनअनुसार सम्पती शुद्धिकरण अनुसन्ध विभागले बिशेष अदालतबाट म्याद थप गरी थुनामा राखेको छ । डिमासा जातीको लागि स्वतन्त्र राज्यको माग गरेर सशस्त्र गतिविधि गर्दै आएको होजाईको संगठनले रेल तथा यात्रुवहाक बस समेत जलाउन थालेपछि भारतीय सरकारले उसलाई आतंकवादीको रुपमा व्यवहार गर्दै आएको छ । त्यसकारण एभरेष्ट बैंकमा सरिताको नाममा भेटिएको रकम आतंकवादी लागनीको रकम भएको भन्दै भारतीय दुतावासले पत्राचार गरेपछि होजाईको बारेमा छानबिन सुरु भएको हो । डिएचडी प्रमुख रहेका जिवेल गोरलोस पक्राउ परेपछि होजाईले आफुलाई त्यसको प्रमुख भएको दाबी गर्दै आएका छन् । सो संगठनले सरकारसँग पटक पटक शान्तिवार्ता समेत गरेपछि सहमति हुन सकेको छैन । तीन वर्ष अगाडि उनी होजाई स्वयम्ले आसामका मुख्यमन्त्री तरुण गोगाईलाई हतियार बु्झाएका थिए । तर त्यसबेला वार्तामा सहमति नभएपछि उनी भूमिगत भई नेपाल आएर गोप्य गतिविधि चलाउदै आएका थिए । हाल पनि सो संगठनले सरकारसँग वार्ता गरिरहेको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । होजाईले पाँच कक्षा मात्र पढेको र सिन्धुपाल्चोक घर भई काठमाडौं बस्ने निम्न आर्थिक अवस्था भएकी सरितालाई बिहे गर्नुको पछाडि सम्पती लुकाउने प्रमुख मनसाय रहेको प्रहरी अधिकारीको भनाई छ । जोरपाटीमा १३ आना जग्गामा बनेको आलिसान दुई तल भवन सरिताको आमाको नाममा होजाईले पासा गरेका थिए । सोही घरमा होजाई बस्दै आएका थिए । प्रहरी अधिकारीका अनुसार पाँच तारे होटलमा भन्दा पनि सो घरमा राम्रो सजावट गरिएको छ । त्यसैगरी सरिताको नाममा रहेको दुईवटा महंगा कार पनि बरामद गरिएको छ । होजाईले िसंगापुर बंकक र मलेसियाबाट पटक पटक रकम भित्राएको देखिन्छ । सो रकम उनले फिराती लगायतका अपराधिक गतिविधिबाट आर्जन गरेको हुनसक्ने प्रहरी अधिकारीको भनाई छ । निर्मल राईको नाममा लिइएको पासपोर्ट लिएर उनी पटक पटक िसंगापुर मलेसिया र बैंकक गएको भेटिएको छ । पक्राउ परेकी सरिताले भने व्यापारको सिलसिलामा उनी निर्मल निराजन बिदेश जाने गरेको बयानमा बताउने गरेकी छिन् । सरिताको नाममा रहका सम्पती सुरुमा निर्मलको नाममा खरिद गरेर पछि नामसारी गरिएको भेटिएको छ । उनीहरुले काठमाडौं महानगरपालिकामा विवाह दर्ता गरेको प्रमाण पनि प्रहरीले फेला पारेको छ । सरिताको नाममा िसंगापुरबाट दुई लाख डलर आएपछि प्रहरीले अनुसन्धान थालेकोमा उनको नाममा थप बैंकहरुमा खाता भेटिएको छ । सरिताको नाममा स्टान्डर्ड चार्टर्ड बैंकमा पनि खाता भेटिएको सिआईबी निर्देशक डिआईजी अर्यालले बताए । उक्त खातामा भने ४÷५ लाख रकम मात्र भेटिएको छ । अन्य बैंकमा पनि शंकास्पद खाता भेटिएको छ । स्टान्डर्ड चार्टर बैंकमा रहेको खाताबाट भने पटक पटक कारोबार भएको देखिएको छ । त्यसैगरी सरिताको नाममा खरिद गरिएको लाखौं रुपैयाका कतिपय जग्गा भने बिकि्र गरिसकिएको देखिएको छ । सिआईबीले अनुसन्धानका लागि निर्मल राई र सरिता राईको नाममा रहेको जग्गा रोक्का गर्न भूमिसुधार व्यवस्था विभागलाई र बैंक तथा फाइनान्समा रहेको खाता बन्द गर्न राष्ट्र बैंकलाई पत्राचार गरिसकको छ । साभार : दृष्टी
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger