पूर्वका प्रहरीले मौलानालाई समातेर सिविआइलाई बुझाए

काठमाडौं–नेपालका सक्रिय पाकिस्तानी गुप्तचर निकाय आइइसआइका एजेन्ट खोज्न नेपाल आएका भारतको केन्द्रिय अनुसन्धान व्युरो(सिविआई)का प्रहरीले विराटनगरका नेपाली नागरिक रिजवान अहमदसँग सोधपुछ गरेपनी क्षेत्रिय प्रहरी कार्यालय विराटनगरका प्रहरीले भने नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआइवी)ले अनुसन्धान गरेको भन्दै झुठो बोलेका छन्। नेपाल प्रहरीको दुरुपयोग गर्दै भारतको सिविआइका अधिकारीले धर्म प्रचारक रिजवानलाई क्षेत्रिय प्रहरी कार्यालयमा राखेर मानसिक यातनादिँदै आएका थिए।
उनलाई नेपाल प्रहरीको कार्यालयमा भारतीय प्रहरीको सिविआइ अधिकारीले अनधिकृत रुपमा सोधपुछ गरिरहेपनी मोरगंका सिडिओ तारानाथ गौतमले भने ढाट्दै नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोका अधिकारीले सोधपुछ गरेको दावी गरेका थिए। डिआइजी कार्यालयका प्रहरी निरिक्षक दिपक दाहालले समेत झुट बोल्दै भारतीय प्रहरी अधिकृतलाई नेपालको केन्द्रिय अनुसन्धान व्युरोका अधिकारी भएको दावी गरेका थिए। नेपाल प्रहरीले पक्राउ गर्दै सिविआइका अधिकारीलाई बुझाउन थालेपछी तनावमा परेका रिजवानले पत्रकार सम्मेलननै गरेर घटना सार्वजनिक गरेपछी क्षेत्रिय प्रहरी कार्यालयका प्रहरी अधिकारीले नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरोका अधिकृतले सोधपुछ गरेको दावी गरेका थिए। तर, सिआइवीका एक अधिकारीले आफुहरुले रिजवानसँग सोधपुछ नगरेको र उनलाई भारतको सिविआइका अधिकारीले सोधपुछ गरेको पुष्टी गरे।... हाम्रो टोली विराटनगर गएकै छैन' ति अधिकृतले अपराधडटकमलाई भने... उनलाई सोधपुछ गर्ने भारतीय सिविआइकै अधिकृत हुन्।' विराटनगर हड्ताली हाटमा रहेको मस्जिदका मौलाना मैलवी सहभागी एक धार्मिक कार्यक्रममा सहभागी भएका अन्य चार अपरिचित पाकिस्तानी खुफिया एजेन्सीका सदस्य भएको र उनलाई मैलबीले लुकाएर राखेको सिविआइका प्रहरी अधिकारीले दावी गर्दै उनलाई तस्विर देखाउँदै ति दुबै ब्यक्तिबारे सोधपुछ गरेका थिए। मोवाइलमा चार जनाको तस्विर देखाउँदै यिनीहरु कहाँ छन्? कता लुकाएर राखेका छौं भन्दै सोध्ने गरेको उनले पत्रकार सम्मेलनमा बताएका थिए। उनलाई पूर्व क्षेत्रिय प्रहरी कार्यालयका प्रहरीले बुधवार पक्राउ गरेर कार्यालयमा पुर्‍याई भारतीय प्रहरीलाई जिम्मा लगाएका थिए। बुधवार भन्दा अगाडि उनलाई नेपाल प्रहरीले तीन पटक पक्राउ गरेर भारतीय प्रहरी सिविआइका अधिकारीलाई जिम्मा लगाएका थिए। प्रारम्भमा सोधपुछ गर्दा आँखामा पट्टी बाँधेर हिन्दीमा सोधिएको थियो। सिविआइका अधिकारीले फोटोमा रहेका चार जना पाकिस्तानी एजेन्ट सन् २००९ देखी नेपालमा बसेर भारत विरोधी गतिविधीमा सक्रिय रहेको र उनीहरुलाई रिजवानले संरक्षण दिएको दावी गर्ने गरेको उनले बताउका छन्। बुधवारको पत्रकार सम्मेलनमा उनले मौलवी सम्बन्धी तालीम कहाँवाट लिएको? तलव कहाँवाट आउँछ भन्ने सोध्दै तस्विरमा देखिएका चार जनाको ठेगाना बताए ५० लाख भारुसम्म दिने प्रलोभन समेत दिएको बताए।
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger