अमेरिकी गुप्तचर एजेन्सी प्रमुखले राजीनामा दिए
अमेरिकी गुप्तचर एजेन्सी प्रमुखले राजीनामा दिए
कात्तिक २५ – बिवाहेत्तर सम्बन्धको खुलासा भएपछि अमेरिकी केन्द्रीय गुप्तचर एजेन्सी सिआईएका प्रमुख डेभिड पेट्रियासले राजीनामा दिनुभएको छ । पेट्रियासले वक्तव्य जारी गरी आफूले अनुचित व्यवहार देखाएकाले राजीनामा दिएको स्पष्ट पार्नुभएको छ ।
बिवाहको ३७ वर्ष पछि आफूले बिवाहेत्तर सम्बन्ध राखेर निकै तल्लो स्तरको व्यवहार देखाएको भन्दै उहाँले यस्तो काम एक जना पति र संस्थाका प्रमुखका रुपमा अस्वीकार्य हुने उल्लेख गर्नुभएको छ । पेट्रियास सन् २०११ मा सिआईएको प्रमुख नियुक्त हुनुभएको थियो ।
पेट्रियसले आफ्नो जीवनी बारेको पुस्तककी लेखिका पाउला ब्रोडवेलसंग सम्बन्ध गाँसिएको खुलासा भएपछि राजीनामा दिनुभएको हो । सिआईए प्रमुख हुनुअघि अफगानिस्तानमा कार्यरत रहेका बेला आफ्नो जिवनी लेखिका पाउलासंग पेट्रियसको निकटता बढेको थियो । पाउला पनि बिवाहित हुन् ।
पेट्रियसको राजीनामापछि सिआईएका उपनिर्देशक माईकल मोरेललाई कार्यकारी प्रमुख बनाईएको छ ।
Labels:
Latest Updates

Post a Comment