मलेसियामा नेपालीको पीडा ‘बिरामी हुँदा समुद्रमा डुबाइन्छ’
मलेसियामा नेपालीको पीडा ‘बिरामी हुँदा समुद्रमा डुबाइन्छ’
भुमीराज पराजुली/उज्यालो
मलेशिया, – ‘वेलुकी खाना खानेबेला अरु साथीहरुसंगै म क्यान्टिनमा थिएँ, मलाइ एक्कासी बान्ता आउला जस्तै गरी पेट हुडल्यो, रिङटा लाग्यो र क्यान्टिनमै लडेँ, एकैचोटि भोलीपल्ट दिउँसो १२ बजेतिर होस आयो, काममा जान पनि सकिन ।’
डेढ महिनाअघि मलेसिया आएका पाँचथर पञ्चमीका रुपनारायण भारती जोहारबारुको मापो इन्ड्रष्टिजमा काम गर्नुहुन्थ्यो । तर विरामी भएर काममा जान नसक्दा विदेशी भूमीमा जागिर नै छोड्नुपर्यो ।
‘बिरामी भएर होष्टलमा सुतिरहेको थिएँ, मुखमा अन्नको गेडो पनि नपरेको तीन दिन भैसकेको थियो, तेश्रो दिन कम्पनीको प्रतिनिधि मेरो अबस्था बुझ्न आयो र कम्पनीको सम्पर्कमा रहेको क्लिनिकमा लग्यो’ भारतीका आँखा एकाएक रसाए ‘क्लिनिकमा एक बोटल स्लाइन लगाएपछि मलाईजंगलै जगंलको बाटो समुन्द्रमा लगे, एक्कासी हातपात गर्दै दुईजनाले मेरो काँधमा थिचेर पानीमा डुबाए, उनीहरुले धेरैबेर मलाई डुबाउँदै निकाल्दै गरिरहे।’
भोलिपल्टदेखि काममा आउन भने । ‘तर म काममा जान सकिन, कम्पनीको प्रतिनिधिले काममा किन नआएको भनेर होष्टलमा पनि नबस्भन्दै गाली गरे, त्यसपछि त्यहाँबाट दाइकोमा आएँ ।’
मापो कम्पनीमा कार्यरत ३५ जना नेपालीको पीडा पनि यस्तै यस्तै छन् । बोसको कुटाइ नखाएका नेपालीहरु कमै होलान्, कम्पनीको ब्यबहारकै कारण यसअघि सल्यानका इन्द्रबहादुर बुढा, भीमबहादुर बुढा, लेखी यारी, कञ्चनपुरका रनब
अहिले कम्पनीमा कार्यरत नेपालीलाई यहाँको काम निल्नु न ओकल्नु भएको छ । ‘काम छाडौ भने विदेश आउँदाको ऋण पनि तिर्न सकिएको छैन, काम गरौं भने कम्पनीको राक्षसी ब्यबहार कति सहने ?’ कञ्चनपुरका बिरु थापा भन्नुहुन्छ । बिरुले मापो कम्पनीमा काम सुरु गर्नु भएको आठ महिना मात्र हुदैछ । मेनपावरलाई१ लाख ३५ हजार रुपैयाँ तिरेर मलेसिया आएका विरु लगानी अनुसारको कमाइ नभएको दुखेसो गर्नुहुन्छ ।
सिरहाका यामकुमार रामले मापो कम्पनीमा दुई वर्ष कटाउनुभएको छ । तर यो दुई वर्ष उहाँलाई जेलको कैदी भएजस्तो लागेको छ । साना साना गल्तीमै हात बाँधेर कुटाइ खाएका डामहरु अझै छन् । ‘बेला बेलामा कामछ भन्दै अफिसमा बोलाएर पैसा समेत खोस्छन्’ राम दुखेसो गर्नुहुन्छ ।
कम्पनीभित्र मात्रै होइन होष्टलको पनि उत्तिकै समस्या छ । डेढ महिनाअघि मलेशिया आइपुग्नुभएका उदयपुरका डिल्लीराम नेपाली बस्ने होष्टलमा बेडकोसुबिधा छैन । ‘आएदेखि नै भुइँमा सुत्नुपरेको छ’ उहाँले भन्नुभयो ।
कम्पनीका यस्ता समस्याबारे आफु आएको मेनपावरमा कुरा राख्दा ‘केही समय यस्तै हो, बिदेशको ठाउँ अलिअलि दुख त भैहाल्छ नि’ भन्दै मेनपावर कम्पनी पन्छिन खोजेकोसाढे २ वर्षदेखि कम्पनीमा कार्यरत बाँकेका टेकबहादुर बिक बताउनुहुन्छ ।
कम्पनीको ब्यबहारबारे मलेसियामा रहेको नेपाली दुतावासमा प्रतिक्रिया लिन खोज्दा पीडितबाट गुनासो आएमा समाधानको पहल गर्ने कार्यबाहक राजदुत लेखनाथ भट्टराईले बताउनुभयो ।
Labels:
National News

Post a Comment