
कम्प्युटर ह्याकरहरु त्यस्ता उम्दा व्यक्तिहुन् जो कम्प्युटर भित्र अनाधिकृत रुपमा प्रवेश गर्दछन् । अहिल्य विभिन्न प्रकारका ह्याकिङ्गहरु प्रचलित छन् । जसमध्ये कम्प्युटर ह्याकिङ्ग पनी एक हो । अन्य ह्याकिङ्गहरुमा फोन ह्याकिङ्ग र व्रेन ह्याकिङ्ग पनी पर्दछन् । यी ह्याकरहरुको दिमाग कसरी र कहा पुग्दछ र कसरी यीनिहरुले कमान्ड गर्दछन् भन्न सकिदैन । यसप्रकारका अदभुत कार्यहरु कुनै दक्ष कम्प्युटर प्रोग्रामरले मात्रै गर्न सक्ने हुनाले ह्याकरहरुलाई पोख्त प्रोग्राम भन्दा फरक नपर्ला ।
यस्तै केहि व्यक्तिहरुवाट हालैमा भएका केहि नराम्रा कार्यहरुले गर्दा सम्पुर्ण ह्याकरहरु अपारधी हुन भन्ने मान्यता भएको छ तथा राम्रा व्यक्तिहरुलाई पनी समस्यामा पारिएको छ । त्यस्ता ह्याकरहरुसग कम्प्युटर,ईन्टरनेट,फायरवल,स्पाईवेयर तथा सेक्युरिटीका विभिन्न गोप्य सुचनाको राम्रोज्ञान हुन्छ । यदि ज्ञानको प्रयोग उनिहरुले अरुको कम्प्युटर तथा नेटवर्कमा अनधिकृत रुपमा पसेर आफ्नो व्यक्तिगत तथा निहित स्वार्थको लागी प्रयोग गर्दछन् ।
ह्याकरहरु विभिन्न प्रकारका हुन्छन् । यहा केही प्रचलित ह्याकर र तिनका वारेमा विस्तृतजानकारी गराईएको छ । केहि यस्ता ह्याकरहरु हुन्छन् जो राजनैतिक विचारलाई ईन्टरनेटमा छताछुल्ल पारिदिन्छन् । यीनिहरुलाई ह्यक्टीमिष्ट भनिन्छ । केहि यस्ता पनी हुन्छन् जो एक विचारधारामा अडिग रही अन्य विचारधारालाई परास्त पार्न अहोरात्र लाी गर्दछन् । व्याक ह्याक ह्याकरहरु चाही अरुकोकम्प्युटरमा सुटुक्क छिर्छन अनि फटाई गरिदिन्छन् । भने ह्वाईट ह्याक ह्याकहरुचाही अनधिकृत रुपमा छिरेपनी ठुला काम नविराई छाडिदिन्छन् । केहि अन्य ह्याकहरु यस्ता पनी छन् जो स्किप्ट किडि जस्ता सफ्टवेयर प्रयोग गरी सिस्टमलाई व्रेकअप गर्दछन् ।
ह्याकिङ्गको सुरुवात :
ह्याकिङ्गको सुरुवात फोनवाट भएको मानिन्छ । सुरुमा लोकल फोनवाट अन्तराष्ट्रिय कल लुकीछिपि गर्न लागियो । यसका लागी एउटा विशिष्ट प्राविधिकले केहि नया तथा गोप्य तरिका अपनाउन पथ्र्यो । सुरुमा ह्याक गरिएकाकम्प्युटरहरु अति कम सुरक्षा प्रविधि अपनाईएका थिए । प्रायश ः व्यवसायीक सस्थाका कम्प्युटरलाई सुरुवाती दिनहरुमा ह्याक गरिएको पाईन्छ । ह्याकिङ्ग सन् १९६० को दशकमा सुरु भएको मानिन्छ । म्यासाच्युसेटस टेक्नोलोजीसियन युनिभर्सिटीका केहि विद्यार्थीहरुलाई सव्रप्रथम अनधिकृतरुपमा युनिभर्सिर्टीको टर्मिनलमा घुसेको पाईयो । अर्को दशकमा विभिन्न टेलिफोनहरु अनाधिकृत रुपमा प्रयोग भएका घटना दर्ता गरिए । सन् १९८० अघि कम्प्युटर ह्याकिङ्ग झागिदै गयो । ट्रोजनहर्स नामक खतरनाक भाईरस बनेको पाईयो जसले कम्प्युटरका सेक्युरिटीहरुलाई सजिलै आक्रमण गरी भित्र पस्न सहयोग गर्दथ्यो । ट्रोजन हर्सको प्रयोग गरी त्यसताका विध्वशं मच्चाईएको थियो ।
ह्याकिङ्गको उदेश्य :
ह्याकिङका कारण घट्नै पिच्छे फरक छन् । विभिन्न अनुसन्धानवाट प्राप्त जानकारी अनुसार यो भन्न सकिन्छ कि ह्याकिङ्ग जे जस्तो भएपनी त्यो निहित स्वार्थको लागी नै गरिन्छ । सधै यस्तो नभएपनी प्रायशः ह्याकहररुले आर्थिक फाईदाको लागी नै आफ्नो सिपलाई गलत रुपमा प्रयोग गरेको पाईन्छ । तर केही ह्याकरहरु चाही आफ्नो शक्ति देखाउन र कोहि चाही यसलाई एउटा चुनौतीको रुपमा लिएर त्यसलाई परास्त गर्नका लागी लागी पर्दछन् । अन्य केहि ह्याकरहरु यस्ता छ्न जो आफ्ना साथीहरुमाझ फुर्ति लगाउन र स्मार्ट बन्नकै लागी पनी ह्याकिङ्ग गर्दछन् ।
अध्ययनवाट यो पनी सावित भएको छकि मानवमा निहित उत्सुकता र गर्न नहुने कामलाई गरिछाड्ने युवा हठका कारण पनी केहि ह्याकिङ्ग भएका छन् । कहिल्याकाही ह्याकिङ्ग अपराधिक घटना वन्न सक्छ जव त्यसलाई वदलाका रुपमा,आतकंवाटको रुपमा प्रयोग गरिन्छ । तसर्थ ह्याकिङ्गमा प्रमुख कारणहरुमा पैसा,कुख्याती अपराध तथा दुश्मनी जस्ता कुराहरु पर्दछन् ।
किन ह्याकरहरु सक्रिय रहन्छन् ?
ह्याकरहरु किन ह्याकिङ्गमा धेरै सक्रिय रहन्छन् भन्ने प्रश्न वारम्वार सोधिन्छ । तरजसजसले जे भनेपनी यसको उत्तर त्यती सामान्य छैन । जतिजती ईन्टरनेटको विकास तिव्र वढ्दैछ। त्यही हिसावले साईवर क्राईमले पनी तिव्रतापाउदैछ । आजसम्म आउदा गुगल,सोनी,आईएमएफ,सिटी ग्रुप तथा सिआईले पनी ह्याकरहरुको आक्रमणको स्वाद चाखिसकेका छन् । यी ठुला कम्पनीहरुपनीह्याक हुनुमा पछाडी के कारण हुन् सक्लान त ? के ति कम्पनीहरुका सेक्युरिटी
सिस्टम फितला छन् ? अथाव ती कम्पनीहरुले प्रयोग गरेको प्रविधि भन्दा उन्नत प्रविधी ह्याकरहरुले विसका गरिसके ? उत्तर जे जस्तो भएपनी एउटा कुरा भने निश्चित छ कि ह्याकरहरु यी कम्पनीभन्दा एक कदम अगाडी छन् । यीनिहरु लेटेस्ट टेक्नोलोजी प्रयोग गर्दछन् र समय भन्दा अगाडी नै सोच्दछन् । ह्याकिङ्गमा प्रयोग भएका तरिकाहरु उस्तै लागेपनी भिन्न रविशिष्ट छन् । जसले गर्दा सम्भावित कम्पनीलाई पनी अव के होला भन्ने अनुमान गर्न गाह्रो पर्दछ । स्फेयर किसिङ,सर्च ईन्जिन पोईजनिङ्ग,सोसल ईन्जिनियरिङ्ग जस्ता पछिल्ला प्रविधिहरु प्रयोग गरी ह्याकरहरु सवैव अगाडी रहन्छन् ।
ह्याकिङ्गका कारणहरु :
ह्याकिङ्गका विभिध कारणमध्ये प्रमुखचाही पैसा नै हो । यो भौतिक लाभको एउटा शसक्त माध्यम भएको छ । कसैले चाडी सामाजिक ख्यातिका लागी पनी यसो गर्दछन् । केहीचाही रमाईलो गर्नका लागी पनी ह्याकिङ्ग गर्दछन् ।कोहि चाहि जति वढी सेक्यूरिटी सिस्टम तोड्योउतिनै वहादुर र सक्षम वन्नको लागी त्यसो गर्दछन् । त्यसवाट उनिहरु आफु र प्राविधिक रुपमा कति स्मार्ट हु भन्ने कुराको प्रमाण र सन्तुष्टीका लागी लागिपर्दछन् । कोहि चाही कुनै कम्पनीले जागिर नदिएकोमा आफ्नो विचार नमान्नेको बदला लिनपनी कम्पनी ह्याक गर्दछन् । तर समाजमा त्यस्ता ह्याकरहरुपनी छन् जो ह्याक गरेर त्यस कम्पनीका कमजोरीहरुलाई पत्ता लगाई सम्भावित ह्याकरलाई वचाउन मद्धत गर्दछन् । समाजमा यस्ता ह्याकरहरुको वेग्लै इज्जत र मान हुने गर्दछ ।
ह्याकिङ्ग रोक्ने उपाय :
हामीले स साना होशियारीका उपायहरु अपनाउएमा पनी सम्भावित ह्याकिङ्गवाट वच्न सकिन्छ । कम्प्युटरमा फायरवाल इन्टल गरेर पनी सामान्य रुपमा ह्याकरलाई निरुत्साहित गर्न सकिन्छ । एउटा सस्था चलाउदा कर्पोरेट सेक्युरिटी प्रयोग गर्न सकिन्छ । साथै राम्रो एन्टीभाईरस प्रयोग गर्नु ठुलो वुद्धिमानी हुनेछ भने सदैव आफ्नो ओएसलाई अपडेट गरिराख्नुपर्दछ । तपाईको कम्प्युटर कति खतरामुक्त छ भन्ने कुराको जाच गरी राख्नुपर्छ । कम्प्युटरलाई अपटु डेट राख्न आवश्यक छ । आफैपनी सदैव सजग रहन व्लग,बेव,ईम्यागेजिन,ईवुक्स,तथा न्युजपेपर पढ्ने गर्नुहोला । आजको समयमा यी विषयप्रती सदैव सचेत रहन आवश्यक छ ।
प्रस्तुती:शैलेष ज्ञवाली
( यो लेख लिभिङ आईसीटीमा प्रकाशित भईसकेको छ । )
Post a Comment