
९० प्रतिशत सुटिङ सकिएपछि अचानक यूनिटबाट निकालिएकी हिरोईन सुष्मा कार्की विरुद्ध फिल्म ‘वार’ यूनिटले मानहानीको मुद्धा हाल्ने भएको छ । सुटिङ सेटमा सुष्माले ब्यायफ्रेण्ड र आफ्नो भाईलाई संगै उपस्थित गराएपछि वार यूनिटमा विभिन्न लफडा भएको थियो जसकारण प्रोडक्सन टिम र सुष्माले एक अर्का विरुद्ध विभिन्न आरोप लगाएका थिए ।
सुष्माले एक पेपरमा दिएको अर्न्तवार्तामा आफूहरुको चरित्र हत्या भएको भन्दै निर्देशक मुकुन्द भट्टले सो बिषयमा उनले आफूहरुसंग माफी नमागेको खण्डमा मानहानीको मुद्धा हाल्ने बताएका हुन्। सुष्माले मध्यरातमा यूनिटका एक सदस्य नाङगै कोठामा आएको ‘स्टेमेन्ट’ दिएकी थिईन् जुन बिषयले आफूहरुको चरित्र हत्या भएको भन्दै वार यूनिट आक्रोसमा आएको हो ।
‘भएको कुरा पो गर्नुपर्छ नभएको कुरा गर्दा हाम्रो ईज्जतमा प्रश्न आउँछ त्यसैले उनले माफ मागिनन् भने हामी मानहानीको मुद्धा हाल्ने छौ’, निर्देशक भट्ट बताउँछन् । उता योबिषयमा सुष्मा कार्कीसंग प्रश्न गर्दा उनले आफू गलत नभएको बरु प्रमाण सहित मुद्धा लड्न तयार रहेको प्रतिक्रिया दिएकी छिन् । ‘सुटिङ सेटमा दिएको तनावका कारण हामीले ९० प्रतिशत सुटिङ सक्दाको अवस्थामा उनलाई निकाल्न बाध्य भएका हौं त्यसैले हाम्रो निर्धारित बजेटमा २० लाख प्लस भएको छ’, निर्माता सुबोध भट्टको भनाई छ
Post a Comment