बलात्कारवाट जन्मेको छोराको पहिचानका लागि लड्दै कुमारी आमा

सोह्र बर्षकी थिएँ । बर्दियाको आदर्शनगरवाट तीन युवक हाम्रो गाउँमा घुम्न आएछन् । एउटा युवक थियो, दिपकलाल श्रेष्ठ । सबैजना मेरेा काका पर्नेको घरमा बसे । म गाउँकी चल्तापुर्जा किशोरी, उनीहरुलाई गाउँ घुमाउने जिम्मा काकाले मलाई दिनुभयो । जंगल, मन्दिर, गाउँ सबै घुमाएँ । कहिले दीपक एक्लैलाई, कहिले तीनैजना संगै हुन्थे । एक हप्ताको बसाईपछि तीनैजना फर्किए । दीपकचाँही मलाई नियमित जस्तो चिठी देख्न थाल्यो । मायाप्रीतिका कुरा लेपखएका हुन्थे । पोस्टकार्ड पनि उत्तिकै पठाउँथ्यो । मैले वास्ता गरिनँ । जवाफै नफार्काएपछि चिठी लेख्न बन्द गर्‍यो । त्यसको चौध वर्षपछि एकैचोटी मैतीदेवीमा उसको र मेरो भेट भयो । मैतीदेवीको मेनरोडमै मेरो ब्युटिपार्लर थियो । घाम ताप्दै पत्रिका पढिरहेकी थिएँ । हेल्मेट खोल्दै गरेको एउटा मान्छेले बोलायो ,’गीता , स्वरैलेल चिनेँ , उही दिपक रहेछ । महाराजगञ्ज दिदीको घरमा बस्ने रहेछ । भन्यो,’तिमीलाई काठमाण्डौमा धेरै खोजेँ ।’ त्यसपछि उ नियमित जसो पार्लरमा आउन थाल्यो । ‘कस्टमर’ धरै हुन्थे, आएर मलाई सधैँ डिस्टर्ब गरिरहन्थ्यो । अनेक बहाना वनाएर पन्छाउन खोज्थेँ तर मान्दैन्थ्यो । म गजल पनि गाउँथे । बेलुकी गजल गाउन झोँछेस्थित गौतम होटल जान्थेँ । तयस दिन याक एन्ड यती होटलमा साथीको विहेको पार्टी थियो । त्यतै गएकी थिए । उ फूलको गुच्छा दिन गौतम होटल पुगेछ । म नभएकाले हिडेछ । रातो फुलमा मेरो कोठा थियो । अलि सन्चो नभएकाले म कोठातिर लागे । ढोका भित्र छिरेकीमात्र थिए, गीता भनेर वोलायो । फर्किएर हेरेँ ढोकामा उ हल्लिएर बसिरहेकेा थियो । छिमेकीले केभन्लान भनेर भित्र पसे । कोठमा मेरी सानी भन्दै थियो । आत्तिएर मेरो मुखवाट निस्किएछ,’ कि बाहिर जाउँ, कि भित्र आउँ ।’ सरासर भित्र छिर्यो । निके अबेर भइसकेको थियो । उ घर र्फकनै मानेन । उसलाई खाटमा छाडिदिए । भदै र म भईमा सुते । हामी भदै र म सुतिसकेका थियो । राती दिपकले एक्कासी ममाथि झम्टियो । मेरा गला बदायो, हात समात्यो, जर्बरजस्ती गर्‍यो । बेइजत हुने डरले म चिच्याउन सकिन । महिनावारी भएको ८ दिन मात्रै भएकेा थियो । गर्व रह्यो भन्ने शंका मलाई परिसकेको थियो । विहानै उसलाइृ गाली गरेँ । भगवान्को फोटो छुदै म तिमिलाई बिहे गर्छु भन्यो । उ गयो । मसंग उसलाई कुर्नुको विकल्प थिएन मसंग । कुरेँ, कुरिरहेँ, तर मलाई बोझ बोकाएर गएकेा उ कहिल्यै आएन । आजको सौर्य दैनिकमा समाचार छ । गर्भ बसेपछि मलाई डर लाग्यो । उसलाई सबैतिर खोजेँ, कतै भेटिनँ । माइती नेपाल, मानवअधिकार आयोग, प्रहरी, छिमेकी सबैलाई गुहारेँ तर कसैको सहयोग पाइनँ । बरु उल्टै मैमाथि अनेक लाञ्छना लागे । गर्भ बढ्दै गयो । न्याय खोज्दै काठमाडौं जिल्ला अदालत पुगेँ । कसैको अंशको लोभले होइन, नागरिकतालगायत बच्चाको परिचय खुल्ने कागजपत्र बनाउन सहज होस् भनेर । गर्भ नौ महिना पुग्दा दीपक बल्ल अदालत आएछ, अब ऊ मेरो गर्भको बच्चा उसको होइन भन्ने प्रमाणित गर्न चाहन्थ्यो । मबाट पन्छिन उसले बनेपा-३ की छब्बीस वर्षीया सिर्जना सेवाचार्यसँग विवाह गरेको कागज पेस गरेछ । तर त्यसदिन म आफैँ उपस्थित हुन सकिनँ । प्रसूतिगृहमा बच्चा जन्माएँ । अरू सबैका बाबु लिन आएका हुन्थे, आफ्नो बच्चा सुमसुम्याउँथे । मसँग भने बिल तिर्ने पैसा पनि थिएन । छिमेकी दिदीले पैसा तिरिदिएपछि चार दिनपछि कोठामा गएँ । मेरो अवस्था देखेर आमा हेरचाहका लागि आउनुभयो । तर, क्यान्सरकी रोगी उहाँले के नै गर्न सक्नु र ! अब त बितिसक्नुभयो । त्यही बेला बर्दियास्थित घर पनि माओवादीले बम पड्काएर उडाइदिएछन् । अपरेसन गरिएको पेट थियो । दुखाइ सहेरै लुगा धुने, खाना पकाउने काम गर्न थालेँ । पार्लर बन्द थियो, पैसा पनि थिएन । घिस्रिँदै गएर पार्लर खोलेँ । अब पहिलेजस्तो सजिलो थिएन । दिनभरि काम गर्यो, बेलुकी खाना पकाउने, भाँडा माझ्ने, बच्चाको लुगा धुने गर्दा रातको बाह्रै बज्थ्यो । यिनै अप्ठ्याराले गर्दा नियमित अदालत जान सकिनँ । पछि अदालतले दीपकलाई बच्चाको बाबु र मलाई उसकी श्रीमती भनेर प्रमाणित गरेछ । मलाई यसमा मञ्जुरी छैन । जसले मलाई बलात्कार गर्यो, जीवन बर्बाद गर्यो, ऊ मेरो श्रीमान् हुनै सक्दैन । गीताको कानुनी लडार्इ गीता स्वाँरले काठमाडौं जिल्ला प्रशासन कार्यालय धाउन थालेको चार वर्ष भयो । बर्दिया बैदा गाउा-९ की उनी आफ्नै नामबाट छोरा अनमोलको बाल परिचयपत्र निकालिदिन चाहन्छिन् । तर, अझै पाउन सकेकी छैनन् । जिल्ला प्रशासनले बाबुको परिचयपत्र पनि चाहिने अड्को थापेपछि उनको तनाब बढेको छ । किनकि गर्भ बोकाउने पुरुष उनलाई छाडेर टाप कसिसकेका छन् । ँजबर्जस्ती गरेर गर्भ बोकाएर भाग्यो, अहिले कहाँबाट ल्याउनु मैले,’ उनी भन्छिन् । गीताका अनुसार १० वर्षअघि महाराजगन्जको चन्द्रमुखी गल्लीस्थित रम्भा श्रेष्ठका भाइ दीपकलाल श्रेष्ठले उनलाई कोठामै आई जबर्जस्ती गरे । गर्भ रहन पुग्यो, अनमोल जन्मिए । हाल पाँच कक्षा पढ्ने अनमोल ९ वर्ष पुगे । गीता ६ वर्षदेखि इजरायलको जेरुसेलममा कियर गिभरको काम गर्दै आएकी छन् । छोरालाई पनि उच्च शिक्षाका लागि उतै लैजान चाहन्छिन् । उमेर नपुगेकाले अनमोलको बाल परिचयपत्र मात्र बनाउन मिल्छ तर जिल्ला प्रशासन त्यो पनि दिँदैन । भन्छिन्, ‘मैले छोराको बाबुको अंश खोजेकी हैन, विदेश लगेर उसलाई पढाउन चाहन्छु तर जिल्ला प्रशासन किन तगारो बन्यो, बुझ्न सकेकी छैन ।’ घरखर्च र छोराको पढाइको जोहो गर्न उनी ऋणपान गरेर ६ वर्षअघि इजरायल पुगिन् । छोरालाई यतै होस्टेलमा राखिदिइन् । ँसाढे दुई वर्षअघि एक महिनाको छुट्टी लिएर नेपाल आएँ, छोरा अभिभावकविहीन भएर बसेको हेर्नै सकिनँ, त्यसपछि उसलाई पनि उतै लैजान प्रयास गरिरहेकी छु,’ उनी सुनाउँछिन् । त्यसका लागि कागजी प्रक्रिया मिलाउन छोराको परिचयपत्र बनाउन जिल्ला प्रशासन पुगिन् । कार्यालयले बाबुको परिचय माग्यो । उनले सम्पूर्ण घटना विवरण सुनाइन् । फेरि कार्यालयले जन्मदर्ताको प्रमाणपत्र माग्यो ।
Share this article :

+ comments + 1 comments

November 18, 2012 at 5:39 AM

Huna ta jo koi le ni yo ghatna ko barema sunchha n read garchha ani mukh bigarera ultai nari lai galat samjhanchha bt ma yo tarki ma agree chhuina kina ki yo sabai kura jo jimmebari hami janawar purus ko hat hunchha so ma sallute didi hajur ek brave woemen hunuhunchha ki singo samaj sanga ladne tapai ko sahas chha

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger