दाहालले सोधे- कांग्रेस-एमालेको प्रधानमन्त्री को ?

काठमाडौं, कार्तिक १७ - एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले विपक्षी दलसँग भावी प्रधानमन्त्रीको उम्मेदवारसहित सहमतिको लिखित प्रस्ताव माग गरेका छन् । बाबुराम भट्टराई नेतृत्वको सरकार स्वीकार नगर्ने कांग्रेस-एमालेको अडान यथावत् रहेपछि ललितपुरको सुनाकोठीस्थित एक व्यापारीको निवासमा शुक्रबार भएको मधेसी मोर्चासहित एमाओवादी, कांग्रेस र एमालेका नेताहरुको बैठकमा दाहालले सहमतीय सरकारको प्रधानमन्त्रीको नाम चयन गर्न माग गरेका हुन् । दाहालको मागबारे कांग्रेस-एमालेले प्रतिक्रिया जनाएनन् । बैठकमा कांग्रेसले आफ्नो नेतृत्व स्वीकार्ने भए एक घण्टामा उम्मेदवार छान्ने जवाफ दिएको कांग्रेस उपसभापति रामचन्द्र पौडेलले संवाददाताहरुलाई जानकारी दिए । एमाओवादीले दाहालले राख्दै आएका तीन विकल्प पुनः प्रस्ताव गरेको थियो । एमाओवादी नारायणकाजी श्रेष्ठका अनुसार संविधानसभा पुनःस्थापना गरेर पूर्ण संविधान जारी गर्ने, विवादित विषयलाई थाती राख्दै संविधान जारी गर्ने वा बाबुराम भट्टराईकै नेतृत्वमा चुनावी सरकार बनाउने विकल्प राखेको थियो । एमाले नेता भीम रावलले विपक्षी कांग्रेस-एमालेले भट्टराई नेतृत्वको सरकारलाई सहमतिको मान्न नसक्ने अडान लिएको जानकारी दिए । उनले सहमतिका लागि आफ्ना दलका प्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनालले राजीनामा दिएको स्मरण गर्दै भट्टराईले मार्गप्रसस्त गर्नुपर्ने बताए । रावलले असहमतिका विषयलाई लिपिबद्ध गर्दै सहमतिको प्रयास जारी राख्नेबारे छलफल भएको बताए । बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री डा बाबुराम भट्टराई, मधेसी मोर्चाका अध्यक्ष बिजय गच्छदार, नेता महन्थ ठाकुर, कांग्रेसमा सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्ण सिटौला तथा एमालेका अध्यक्ष झलनाथ खनाल, नेता माधवकुमार नेपाल र महासचिव ईश्वर पोखरेल, भीम रावललगायत सहभागी थिए ।
Share this article :

Post a Comment

Latest Movies

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. देशको खबर - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger