महिलाहरूले दैनिक रुपमा एक ग्लास वाइन पिउनु स्तन क्यान्सरको जोखिम २० प्रतिशत कम हुने अनुसन्धानबाट पत्ता लागेको छ। क्याम्ब्रिज यूनिभर्सिटीका अनुसन्धानकर्ताहरूले गरेको अनुसन्धानमा वाइन पिउने महिलाहरूमा बे्रस्ट क्यान्सर हुने सम्भावना कम देखिएको र अन्य रोगले समेत कम असर गर्ने पाइएको थियो।
रोगले संक्रमित भएपनि वाइन नपिउने विरामीहरू भन्दा पिउने महिलाहरू छिटो निको हुने कुरा पनि अनुसन्धानकर्ताहरूले पत्ता लगाएका हुन्। बेलायतको पत्रिका डेलीमेलका अनुसार, सामान्यता अल्कोहल नै स्वस्थ महिलाहरूको स्तन क्यान्सर हुनुको प्रमुख कारण मान्ने गरिन्छ।
त्यसैगरी नै अल्कोहलमा रहेको रसायनले स्वस्थ कोषलाई मार्ने काम गरेजस्तै क्यान्सरको कोषलाई पनि मार्ने गरेको अनुसन्धानमा पत्ता लागेको हो। अझैसम्म पनि बेलायतमा अल्कोहल सेवन गर्ने स्तन क्यान्सर रोगी महिलाहरूलाई यस्तो कुनै विशेष सल्लाह त दिइएको छैन, तर स्वस्थ महिलाहरूले भने हप्तामा १४ युनिट भन्दा बढी अल्कोहल नपिउन सल्लाह दिइएको छ।
Post a Comment