पछिल्लो समय अपरिपक्क अर्थात प्री म्याचुअर शिशुको संख्या लगातार बढिरहेको छ ।
विकसित देशमा हरेक वर्ष करिव १ करोड ५० लाख बच्चा समय अगाबै जन्मिछन् र करिव ११ लाख अपरिपक्क शिशुको मृत्यु हुन्छ ।
बच्चाको समय अगाबै हुने जन्म ५ वर्षभन्दा मुनीको उमेरमा हुने बालमृत्युदरको दोस्रो ठूलो कारण मानिएको छ । अपरिपक्क शिशुको जन्मलाई तत्काल नरोके बालमृत्युदर घटाउन नसकिने चिकित्सकहरुको चेतावनी छ ।
विशेषज्ञहरुका अनुसार ३७ साता शिशु जन्मका लागि परिपक्क समय हो । समय अगाबै जन्मने बच्चाको मृत्यु हुने सम्भावना पनि बढी हुन्छ । विश्व वास्थ्य संगठन र लण्डन स्कुल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनले विकसित देशमा हुने बालमृत्युदर कम गर्ने उपायको खोजीमा जुटेका छन् ।
Post a Comment